काठमाडौँ।
रुकुम पूर्वमा गए रातिदेखि हिमपात भएको छ। हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ। फसेका बस र यात्रुहरूको उद्धार गर्न इलाका प्रहरी कार्यालय काक्रीबाट टोली खटाइएको छ। प्रमुख जिल्ला अधिकारी सीता परियारले स्काभेटर प्रयोग गरी बाटो खुलाउने तयारी भइरहेको र भूमे गाउँपालिकासँग समन्वय भइरहेको बताए।
हिमाली तथा उच्च लेकाली क्षेत्रहरूमा हिमपात जारी छ भने तल्लो क्षेत्रमा वर्षा परेको छ। लामो समयको अन्तरालपछि परेको वर्षा र हिमपातका कारण किसानहरू खुसी भएका छन्। सिस्ने–५ का किसान विमल बिसीले भने, “आकाशेपानी नपर्दा गहुँ बाली सुकिसकेको थियो, अहिले राहत मिल्यो।”











प्रतिक्रिया