काठमाडौँ।
प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट गोरखा २ मा मनोनयन दर्ता गराएका डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएको केही समयमै उनले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् ।
उनले नयाँ शक्ति र अग्रगामी सोच राख्ने दलहरूलाई सघाउने हिसाबले आफूले दर्ता गरेको मनोनयन पत्र फिर्ता लिने निर्णय गरेको बताए ।
तर, उनले कुनै एक दललाई सहयोग गर्ने घोषणा भने गरेका छैनन् । डा. भट्टराईले बिहीबार गोरखा २ मा नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका लेखनाथ न्यौपानेसँग छलफल गरेका थिए ।











प्रतिक्रिया