काठमाडौँ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरीको अनलाइन प्रणालीमा प्राविधिक समस्या देखिएको छ। हराएका लाइसेन्स, सवारी दर्ता किताब तथा सवारी इजाजतपत्रसम्बन्धी आवेदन दिने वेबसाइट हाल प्रभावित भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका एसपी नरेश सुवेदीका अनुसार प्राविधिक कारणले आएको समस्या समाधान गरी छिट्टै सेवा पुनः सुचारु गरिनेछ। अनलाइन प्रणालीमा आएको समस्याका कारण सेवाग्राहीलाई परेको असुविधाप्रति ट्राफिक प्रहरीले क्षमायाचना गरेको छ।











प्रतिक्रिया