भक्तपुर–२ का रास्वपा उम्मेदवार राजीव खत्रीविरुद्ध उजुरी


काठमाडौँ।

भक्तपुर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्रीविरुद्ध उजुरी दर्ता भएको छ।

निर्वाचन अधिकृत राधिका सुवालका अनुसार नेपाल स्काउटको ९५ हजार रुपैयाँ बेरुजु रकम बाँकी रहेको दाबी गर्दै नवीनकुमार महतले खत्रीविरुद्ध उजुरी दिएका हुन्।

उजुरीमाथि भोलि छानबिन गरिने निर्वाचन अधिकृत सुवालले जानकारी दिइन्। उनका अनुसार दुवै पक्षलाई बोलाएर सोधपुछ गरिनेछ भने उजुरी परेका उम्मेदवारलाई पनि आवश्यक प्रमाणसहित उपस्थित हुन आग्रह गरिएको छ।

उजुरीसम्बन्धी छानबिनको निष्कर्ष बिहीबार बेलुका ५ बजेसम्म सार्वजनिक गरिने उनले बताइन्।