नवलपरासी।
प्रतिनिधि सभा निर्वाचनका लागि नवलपरासी पूर्वबाट ३७ र नवलपरासी पश्चिमबाट ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दुवै जिल्लामा काँग्रेसका तर्फबाट १ १ क्षेत्रमा २ जनाको उम्मेदवारी परे पछि आधिकारिकको भन्ने विषयमा अन्यौलता छाएको छ।
नवलपरासी पूर्वकाे क्षेत्र नम्बर १ मा जिल्ला काँग्रेस उपसभापति बालकृष्ण घिमिरे र महासमिति सदस्य गजेन्द्र बहादुर आलेकाे उम्मेदवारी परेकाे हाे ।
यसै सम्बन्धमा एकै पार्टीबाट २ जनाको उम्मेदवारी परे पनि कानुन निर्वाचन बमाेजिम उम्मेदवारकाे निर्क्याैल हुने मुख्य निर्वाचन अधिकृत कमल प्रसाद ज्ञवालीले बताए ।
त्यसैगरी पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ मा पूर्व गृह राज्य मन्त्री देवेन्द्रराज कडेल र युवा व्यवसायी भरत थापाकाे उम्मेदवारीसँगै याे अन्यौलता देखिएको हाे ।
एउटै पार्टीबाट दाेहाेराे उम्मेदवारी परेकाे र मनाेनयन गर्ने सबै उम्मेदवारले नेपाली काँग्रेस पार्टी सभापति गगन कुमार थापाकाे हस्ताक्षर सहितकाे टिकट ल्याएर उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यसैगरी नवलपरासी पूर्वकाे २ नम्बर क्षेत्रमा ओम बहादुर घर्ती मगर र पश्चिमकाे १ नम्बरमा उद्योगपति बिनाेद कुमार चाैधरीले नेपाली काग्रेसका तर्फबाट उम्मेदवारी दिएका छन् ।
यसरीनै नेकपा एमालेबाट पूर्वी नवलपरासीमा भागिरथ सापकाेटा र तिलक महत, पश्चिममा राम प्रसाद पाण्डे र भगवती प्रसाद यादब,नेपाली कम्युनिस्ट पार्टीबाट लाेक प्रसाद भूर्तेल, गणेशमान महताे, सिन्धु जलेसा र देबेन्द्र पाैडेलकाे उम्मेदवारी परेकाे छ ।
राप्रपाबाट पूर्वबाट पश्चिम क्रमशः दिपकचन्द्र बस्ताकाेटी,रूना कुमारी महताे,नवीन मिश्र र ध्रुव बहादुर प्रधानले उम्मेदवारी दर्ता गराएकाछन् ।
यस्तै रास्वपाबाट राजन गाैतम,मनिस खनाल,विक्रम खनाल र नरेन्द्र गुप्ताले उम्मेदवारी दिएका छन् ।
नवलपरासी पूर्वमा जसपा,मंगाेल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति पार्टी,राष्ट्रिय जनमाेर्चा,नेशनल रिपव्लिक,श्रम संस्कृति,उज्यालो नेपाल,नेकपा र प्रलाेपा दल सहित ४ स्वतन्त्र उम्मेदवारले उम्मदबारी दिएका छन् ।











प्रतिक्रिया