रौतहट ।
प्रतिनिधि सभा सदस्यका लागि उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएको छ । रौतहटको १ नम्बर क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधब कुमार नेपालले उम्मेदवारी दर्ता गराएका छन्। ०७९ सालको निर्वाचनमा नेपालले पराजय गराएका नेकपा एमालेका अजय गुप्तालेसमेत नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराइने भएका छन् ।
४ नम्बर क्षेत्रबाट सचारकर्मी ऋषी धमलाले आम जनता पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेपाली कांग्रेसबाट पूर्ब प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिना र राष्टिय स्वतन्त्र पार्टीका तर्फबाट गणेश पौडेल, नेकपा एमालेको तर्फ बाट रामजी साहले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउन उम्मेदबारहरुले आफना समर्थकसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
उता रौतहट क्षेत्र नम्बर ३ बाट आम जनता पार्टीका अध्यक्ष प्रभु साहले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्रनम्बर २ मा नेकपा एमाले परित्याग गरेका किरण साहले नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । स्वर्गीय मोहम्मद अफताब आलमका छोरा फिरदोष आलमले समेत नेपाली कांग्रेसबाट क्षेत्रनम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।











प्रतिक्रिया