फागुन २१को निर्वाचनमा बाजुरामा पाँच दललेमात्र  भाग लिन पाउने 

658
Shares

बाजुरा। 

आगामी फागुन २१ गते हुने प्रतिनीधिसभा सदस्य निर्वाचनका लागि बाजुराबाट पाँचवटा दलले मात्र भागलिन पाउने भएका छन् ।  निर्वाचन कार्यालय बाजुराका प्रमुख एवं निर्वाचन अधिकृत भिमबहादुर शाहीका अनुसार  मुख्य निर्बाचन अधिकृतको कार्यालय मार्तडीमा आइतबार दिउँसो बसेको सर्वदलीय बैठकबाट उक्त निर्णय भएको हो । मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलको अध्यक्षतामा बसेको सर्वदलीय बैठकको निर्णयअनुसार मंगलबार  बिहान १०. बजे देखि बेलुकी पाँच बजेसम्म राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई उम्मेदवार दर्ताको लागि समय निर्धारण गरेको हो । 

यसरी उम्मेदवार दर्ताका लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई अपराह्न एक बजे । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अप्रान्ह दुई बजे। ने.क.पा. एमाले अप्रान्ह दुई तिस बजे र नेपाली कम्युनिष्ट पार्टीलाई अप्रान्ह तिन बजे कायम गरिएको छ । त्यसैगरी नेपाली काँग्रेसलाई अप्रान्ह चार बजे उम्मेदवार दर्ताको समयसिमा तोकेको निर्वाचन अधिकृत शाहीले जानकारी दिए । आसन्न निर्वाचनका लागि जिल्लामा पाँच वटा दलमात्र दर्ता भएकाले सोही अनुसार तालिकीकरण गरेका हौं ,उनले भने। 

  त्यसैगरी उम्मेदवारी दर्ता गर्दा आवस्यक पर्ने कागजात मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट राजनीतिक दलका प्रतिनीधहरलाई मनोनयन पत्र साथ उम्मेदवारले प्रस्तुत गर्नुपर्ने कागजातहरु सहितको विवरण गराउनु पर्ने निर्णयमा उल्लेखछ । उम्मेदवारले निर्वाचन आयोगबाट जारी भएका निर्देशन निर्देशिका,परिपत्र निर्वाचन आचारसंहिता र निर्वाचनसंग सम्वन्धित प्रचलित ऐन,कानुनलाई अक्षेरशं पालना गर्ने दलका प्रतिनीधिले प्रतिबद्धता व्यक्त गरेका छन् ।

 सम्बद्ध २०८२ साल फागुन २१ गते बिहीबारका दिन हुने प्रतिनीधिसभा सदस्य निर्वाचन स्वतन्त्र, स्वतन्त्र, निष्पक्ष भयरहित वातावरणमा शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने कार्यमा सबैले आआफ्नो तर्फबाट सक्दो सहयोग गरी सफल पार्नमा प्रतिवद्धता व्यक्त गरेका  छन् ।  फागुन २१ को आसन्न निर्वाचनमा बाजुरामा ८७८६१  मतदाताले मतदानमा भागलिन पाउाने छन् ।  जस्मा ४५४२८ पुरुष र ४२४३१ महिला मतदाता छन् । विगतका निर्वाचन गतिविधिले भय र त्रास नै छ । यद्येपी र्विाचन आचारसंहीता सबैले पालना र शान्तिशुरक्षाको पत्यभुति दिलाउनु पर्ने स्थानीको भनाई छ ।