काठमाडौँ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले आज शपथ लिने भएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ः३० बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ । पार्टी एकतापछि थपिएका केन्द्रीय सदस्यहरूले शपथ लिन लागेका हुन् ।
कार्यक्रम भौतिक तथा भर्चुअल दुवै माध्यमबाट सञ्चालन हुने जनाइएको छ । नेकपाका नेता गंगालाल तुलाधरका अनुसार शपथ लिएका केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यालयमा एक हजार रुपैयाँ बुझाएपछि परिचयपत्र प्राप्त गर्ने व्यवस्था गरिएको छ ।











प्रतिक्रिया