उदयपुर ।
उदयपुरको सदरमुकाम रहेको गाईघाटस्थित त्रियुगा नगरपालिकाले आफनो १६ बटै वडाका उद्यमी व्यवसायीहरुकालागि करदाता शिक्षा तथा व्यवसायिक सचेतना कार्यक्रम संचालन गरिरहेको छ ।
पौष २१ गतेबाट संचालन भैरहेको करदाता शिक्षा तथा व्यवसायिक सचेतना कार्यक्रम त्रियुगा नपाको वडा नं १, ३, ६, १४ र १० नं वडामा सम्पन्न भैसकेको छ आगामी दिनहरुमा वडा नं २,४,५,७,८,९,११,१२,१३, १५ र १६ नं वडामा पनि संचालन गर्ने योजना रहेको राजस्व शाखा प्रमुख विश्वजीत राईले बताए ।
त्रियुगा नपाको वडा नं १०का वडाध्यक्ष तथा अन्य जनप्रतिनिधिहरु, पत्रकार,स्थानीय संघसंस्थाका प्रतिनिधि तथा समाजसेवी, उद्यमी व्यवसायी लगायतका व्यवसायीहरुको सहभागितामा भएको सो कार्यक्रममा १० नं वडा बोक्सेचोक, करमगाछी, खसी बजार, नयाँ बस्ती लगायतका गाउँहरुका उद्यमी, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा व्यापार व्यवसाय तथा कुनै पनि प्कारको एदोग व्यवसाय संचालन गर्दा नगरपालिकामा व्यवसाय तथा उद्यम दर्ता गरेर संचालन गर्नु पर्ने जानकारी दिइएको छ । कर तिर्दा व्यवसायीक सुरक्षा हुने, आफ्नै क्षेत्रको विकासमा सहयोग पुग्ने, राज्यको अन्य काममा सहयोग पुग्ने, सम्मान जनक रुपले व्यवसाय गर्न पाइने विषयमा जानकारी दियउको थियो ।
हाल व्यवसाय गरिरहेका तर दर्ता वा नवीकरण नगरेकाहरुलाई दर्ता वा नवीकरण गर्न लगायर नगरपालिकाको आय वृद्धि गराउन । व्यापार व्यवसाय संचालनमा सहीकरणका साथै आवश्यक अन्य सेवा सुविधा उपलब्ध गराउन । स्थानीय उद्यमी व्यवसायीहरुलाई आत्म निर्भर बनाउनकालागि पनि सहयोग पुग्ने सहभागीहरुलाई जानकारी दिइएको छ ।
कार्यक्रममा नगरपालिकाले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले संकलन गर्ने करका बारेमा, तिर्नु पर्ने करका प्रकारहरु, राजस्व बाँडफाँड, प्राकृतिक श्रोत व्यवस्थापनको वाँडफाँड लगायतका विषयमा सहभागीहरुलाई शिक्षा दिइएको थियो ।
सहभागीहरुले साना व्यवसायी र ठूला व्यवसायीले तिर्नु पर्ने करको दायरा फरक हुनु पर्नेमा सो नभएकोले साना व्यवसायीहरु बढी मार्कामा परेकोले यसतर्फ नगरपालिकाले विचार गर्नु पर्ने बताएका छन् । दिनमा ५० कप चिया बिक्री गर्ने र ५सय कप चिया बिक्री गर्नेको कर बिक्री अनुसार र पुँजी लगानीका आधारमा हुनु पर्नेमा सो नभएकोले पनि साना व्वसायीहरु उपर करको भारीले समस्या भएको गुनासो व्यवसायीहरुले गरेका थिए ।
उक्त अवसरमा राजस्व शाखा प्रमुख राईले त्रियुगा नगरपालिका भित्र कुल ७हजार ७ सय ३६ व्यवसाय दर्ता भएकोमा २०८२ पौष १८ गतेसम्ममा २ हजार ३ सय ८० जनाले व्यवसाय नवीकरण गरेको र ५ हजार ३ सय ५६ जनाले नवीकरण गर्न बाँकी रहेको जानकारी दिएका छन् ।
हालसम्म त्रियुगा नगरपालिकामा चालु आर्थिक वर्षको पौष १८ गतेसम्ममा २३ हजार५सय ८३ जनाले कर तिरेको र हालसम्म ३ करोड ५९ लाख ७२ हजार ३ सय ६१ रुपैया ६२ पैसा आन्तरिक रुपमा आम्दानी भएको रास्व शाखा प्रमुख राईले बताए ।
सो कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष मधुकर थापा, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष नवीन बस्नेत, १० नं वडा सदस्य शनिदेव मगर, १०नं बडाको टोल विकास संस्थाका सचिव बासुदेव पोखरेल, त्रियुगा नपाका कर्मचारीहरु अजन्ता पौडेल, लक्ष्मी कटट्ेल लगायतकाको सहभागिता रहेको थियो ।











प्रतिक्रिया