मौन अवधिमा होली र चुनावको संयोगले अन्योल


काठमाडौं ।

‘१८ गते पहाडी होली, १९ गते तराई होली, अनि २१ गते नगराई नहुने चुनाव पनि छ क्यारे भन्ने व्यङ्ग्यात्मक टिप्पणी अहिले सामाजिक सञ्जालमा चर्चामा छ । होली पर्व र संघीय संसदको निर्वाचन एकै समयमा परेकाले मौन अवधिमा होली कसरी खेल्ने भन्ने विषयले आम नागरिकलाई अन्योलमा पारेको छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार मतदान अघिको ४८ घण्टा मौन अवधि लागू हुन्छ, जसमा कुनै पनि प्रकारको चुनावी प्रचार–प्रसार गर्न नपाइने व्यवस्था छ । तर यही मौन अवधिमा पर्ने होली पर्वमा प्रयोग हुने रङ, नारा, गीत–संगीत र समूहगत गतिविधिले मौन अवधि उल्लङ्घन हुन्छ कि हुँदैन भन्ने विषयमा स्पष्टता नआएको भन्दै नागरिकले चासो व्यक्त गरेका छन् । कतिपयले होलीलाई सांस्कृतिक पर्व भएकाले मनाउन पाउनुपर्ने धारणा राखेका छन् भने केहीले राजनीतिक सन्देश मिसिन सक्ने गतिविधिमा संयम अपनाउनुपर्ने सुझाव दिएका छन् ।

“होली खेल्दा पनि कसैको चुनाव चिह्न जस्तो देखिने रङ, नारा वा गीत प्रयोग भयो भने समस्या आउन सक्छ,” एक मतदाताले बताए । यस विषयमा निर्वाचन आयोगले औपचारिक निर्देशन नदिँदा अन्योल बढेको देखिन्छ । जानकारहरूका अनुसार होली खेल्न पाइने भए पनि चुनावसँग सम्बन्धित संकेत, प्रचार सामग्री, नारा वा उम्मेदवारको पक्ष–विपक्षमा अभिव्यक्ति दिनु मौन अवधिको उल्लङ्घन मानिन सक्छ । होलीको रौनक र चुनावी संवेदनशीलता एकैचोटि जुध्दा ‘रङ खेल्ने कि नियम’ भन्ने प्रश्न आम नागरिकको मनमा घुमिरहेको छ । आयोगले समयमै स्पष्ट मार्गनिर्देशन नदिए अनावश्यक विवाद र कारबाहीको जोखिम बढ्न सक्ने