उदयपुर ।
जिल्ला प्रशासन कार्यालय उदयपुर र जिल्ला प्रहरी कार्यालय उदयपुरको संयुक्त आयोजनामा त्रियुगा नगरपालिका वडा नं ६ लालपत्तामा आइतबार नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम प्रसाद पाण्डेय, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाई, सशस्त्र प्रहरी बल नेपाल नं ५ गण हेडक्वाटर उदयपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुशिल कुमार शाही, राष्ट्रिय अनुसन्धान उदयपुरका प्रमुख उप अनुसन्धान निर्देशक तुलसी कट्टेल, स्थानीय तहका पदाधिकारीहरु, स्थानीयवासीहरू गरी करिब ३५ जनाको संख्यामा उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा प्रहरी वरिष्ठ नायब निरीक्षक गंगाराम राईले उपस्थित महानुभावहरुलाई स्वागत गर्दै कार्यक्रमको उदेश्य र औचित्य तथा प्रहरी र नागरिक बीचको प्रगाढ सम्बन्धका बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी र प्रहरी उपरीक्षक राजन चापागाईले उपस्थित महानुभावहरुबाट प्राप्त सवालहरुको सम्बोधन गर्नु भएको थियो ।












प्रतिक्रिया