रोकिएन उदयपुरमा जङ्गली हात्तीको आतङ्क 

1.03k
Shares

उदयपुर। 

उदयपुरको त्रियुगा नगरपालिकाको वडा नं ५,६ र७ र उदयपुरगढी गाउँपालिकाको वडा ७ मा जंगली हात्तीका कारण करिब २० घरमा आक्रमण गर्दा करिब . ५ लाख ८० हजार बराबरको धनमाल क्षति भएको छ ।

उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ७ मा बिहीबार राती बिरालीटार, मादले, घ्याम्पे र मैनटार गाउँस्थित पाँच घरमा जङ्गली हात्तीले घर गोठ भत्काउँदा २ लाख ७० हजारको क्षति भएको छ ।

 उदयपुरको त्रियुगा नगरपालिकामा केही दिन अघि आएको जंगली हातीहरुको समूहले यस अघि त्रियुगाको वडा नं ५ टर७मा क्षति गरेको थियो भने उदयपुरगढीकै ७ नं वडामा पनि क्षति गरेको थियो । बिहीबार राती पनि उदयपुरगढी वडना न. ७ मै जंगली हात्ती आई सोही स्थान बस्ने पाँच जनाको घर भत्काई घरमा रहेको अन्नपात नष्ट गर्दा अंन्दाजी मुल्य रु। ५लाख ८०,०००।– बराबरको क्षति भएको छ ।

जंगली हात्तीले घर भत्काई अन्नपातसमेत नष्ट गरी क्षति हुनेहरुमा उदयपुरगढी गाउँपालिका वडा नं. ७ बिरालीटार बस्ने वर्ष  ३५ को सञ्जीव कार्कीको  रु ५० हजार बराबरको क्षति भएको छ । सोही स्थान बस्ने वर्ष ५० को जगत अधिकारीको रु १० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसैगरी उदयपुरगढी ७ कै मैनटार बस्ने वर्ष ४० को तारा सोएलको ५० हजार बराबरको क्षति भएको छ भने सोही वडा न ७ घ्याम्पे बस्ने वर्ष ५० को लालबहादुर रानाको  ८० हजार बराबरको क्षति भएको छ । यसरी नै अर्का वडा नं ७ मादले बस्ने वर्ष  ४० को सन्तोष दियालीको पनि रु ८०,हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उक्त हात्तीहरुलाई नेपाल प्रहरी र स्थानीयबासीहरुको सहयोगमा जङ्गलतर्फ लखेटिएको थियो । साथै, पुस ७ गते देखी हालसम्म त्रियुगा नगरपालिका वडा न ं५, ६,७ र उदयपुरगढी गाँउपालिका वडा नं ७ का बस्तीहरुमा जंगली हात्तीहरु पसी कुल . ५,लाख८०,हजार बराबरको प¥ुर्‍याएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।