नयाँ वर्षको आगमनमा धेरै जसो देशका नागरिकहरू पार्टी गरेर, घुमेर, साथीसँग मिलेर, परिवारजनसँग मिलेर वा अन्य केही रमाईलो काम गरेर मनाउने गर्दछन् । केही केही देशहरूमा भने नयाँ वर्ष मनाउने चलन फरक रहेको छ । यी धेरै पुरानो प्रचलनहरू सुन्दा नि अचम्म पनि लाग्न सक्छ । यस्ता पुरानो परम्परालाई निरन्तरता दिने देशहरू केही केही छन् । नयाँ वर्ष मनाउने रोचक परम्पराहरू यस्ता छन् ।
अमेरिका
अमेरिकामा नयाँ वर्षमा गरिने न्युर्योकको टाइम्स स्क्वायर बल ड्रप निकै चर्चित मानिन्छ । १२ बज्न ६० सेकेण्ड पहिला एउटा चम्किलो बल उँचाइको खम्भाबाट विस्तारै तल आउन शुरु गर्दछ । घडीमा १२ बज्दा नै बल तल पुगिसकेको हुन्छ र अनि नयाँ वर्षको खुशीयाली मनाउन शुरु हुन्छ ।
यो परम्परा १ सय १९ वर्ष पुरानो हो । सन् १९०७ मा न्युयोर्क टाइम्स अखबारको अफिस टाइम्स स्क्वायरमा थियो । सोही वर्ष न्युयोर्क टाइम्सले पहिलो पटक नयाँ वर्षको खुशीयाली अलग गर्न बल खसाल्ने परम्परा थालनी गरेको थियो । जुन अहिलेसम्म पनि प्रचलनमा रहेको छ ।

स्पेन
स्पेनमा नयाँ वर्ष शुरु हुन अगाडिको आधा रातको ठिक पहिला घडीलाई अन्तिम १२ सेकेण्डका साथ १२ अंगूर खाने गर्दछ । हरेक सेकेण्ड एक अंगूर खानु पर्दछ । स्पेनीहरूको मान्यता यो छ कि नयाँ वर्षमा यस्तो गरेमा भाग्य राम्रो हुने र समृद्धि प्राप्त हुनेछ ।
स्कटल्यान्ड
स्कटल्यान्डमा आधा रातमा जो व्यक्ति सबैभन्दा पहिला कसैको घरमा पाइला टेक्दछन्, उसलाई फस्र्ट फुटर भन्दछ । स्कटल्यान्डमा यो परम्पराअनुसार उही फस्र्ट फुटरले त्यो घरका लागि पूरै एक वर्ष भाग्य तय गर्दछन् ।
फस्र्ट फुटर अग्ला र कालो केश भएमा त्यो घरमा राम्रो भाग्य हुने मानिन्छ । पहिलेको समयमा सुनौला वा रातो केश हुने व्यक्तिहरूलाई अशुभ मान्ने चलन थियो । यसैले कालो केशका नै व्यक्ति हुनु पर्ने स्कटल्यान्डको विश्वास छ ।

ग्रीस
ग्रीसमा नयाँ वर्षको अवसरमा मुख्य द्वार (मेन गेट) मा प्याज त्यो पनि ठूलो जंगली प्याज झुण्ड्याउने चलन छ । नयाँ वर्षको बिहान त्यहाँका मानिसहरू चर्च जान्छन् र प्याज लिएर घर फर्कन्छन् । त्यही प्याजलाई मेन गेटमा झुण्ड्याउने गर्दछ ।
भनिन्छ यो परम्परा प्राचीन यूनानको समयदेखि चलि आएको हो । प्याज ग्रोस र फर्टिलिटीको प्रतिक मानिन्छ । यो मान्यताअनुसार प्याज झुण्ड्याएमा मानिसहरूलाई जीवनमा सफलता मिल्नेछ ।
डेनमार्क
यो सायद सबैभन्दा अनौठो नयाँ वर्षको परम्पराहरू मध्ये एक हो, जहाँ भाँडाकुँडा फुटाल्नु शुभ मानिन्छ । डेनमार्कमा नयाँ वर्षको दिनमा दुष्ट आत्माहरूलाई भगाउन पुराना प्लेटहरू र गिलासहरूलाई ढोकामा ठोक्काएर फुटालिन्छ । यसबाहेक, मध्यरातमा, डेनिसहरू कुर्सीमाथि चढ्छन् र नयाँ वर्षको सुरुवात गर्न एकसाथ तल हाम फाल्छन् ।











प्रतिक्रिया