काठमाडौं।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१ तौलुङ स्थित गरुड क्यासिनोभित्र नेपाली नागरिकहरूलाई प्रवेश गराई ठूलो रकमको जुवा खेल्ने खेलाउने कार्यमा संलग्न ५ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा जिल्ला सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका–९ घर भइ काठमाडौं बस्ने ६५ वर्षीय पशुपति खड्का, जिल्ला महोत्तरी, बर्दिबास नगरपालिका–८ घर भइ काठमाडौं बस्ने ४६ वर्षीय दयाराम राना, काठमाडौं महानगरपालिका–६ रामनगर बौद्ध बस्ने ५३ वर्षीय भरतराज पौडेल, जिल्ला दोलखा, मेलुङ गाउँपालिका–२ घर भइ काठमाडौं बस्ने ४० वर्षीय सन्तोष भण्डारी, र जिल्ला खोटाङ, खोटेह्याङ गाउँपालिका–७ घर भइ काठमाडौं बस्ने २४ वर्षीय गणेश बहादुर मगर रहेका छन्।
पक्राउको क्रममा प्रहरीले सुन्तला रङ्गको Garud Casino चिप्स – १० थान, पहेँलो रङ्गको १०००० Cash लेखिएको Garud Casino चिप्स – ३ थान, रातो रङ्गको १००० Cash लेखिएको Garud Casino चिप्स – ४ थान र नीलो रङ्गको Garud Casino चिप्स – १ थान जुवा खेल्ने चिप्सहरू पनि बरामद गरेको छ
जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमति अनुसार पक्राउ परेका व्यक्तिहरूको अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ। प्रारम्भिक अनुसन्धानबाट उनीहरूले गैरकानुनी रूपमा ठूलो रकमको हारजित गराउने गरी जुवा खेलाउने कार्यमा संलग्न रहेको तथ्य पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, अनुसन्धान जारी रहेकाले आगामी दिनमा थप विवरण सार्वजनिक गरिनेछ।











प्रतिक्रिया