काठमाडौं ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ अंग्रेजी नयाँ वर्षको अवसरमा सिरहामा आयोजित नेपाली कांग्रेसको वनभोज कार्यक्रममा सहभागी हुन हेलिकप्टरमार्फत पुगेका छन्।
सिरहाको धनगढीमाइ नगरपालिका–१४ स्थित सर्रेअम्बासमा नेपाली कांग्रेस सिरहा जिल्ला कार्यसमितिले आयोजना गरेको उक्त वनभोज कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री बानियाँ हेलिकप्टर प्रयोग गरी सिरहा पुगेका हुन्। उनी नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत हुन्।
उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादव भने सुरक्षा कन्भोयसहित स्थलमार्फत सहभागी भएका थिए। उनीसँगै मधेश प्रदेशका स्वास्थ्य मन्त्री जंगीलाल यादवलगायत नेताहरू पनि वनभोज कार्यक्रममा उपस्थित थिए।
आयोजकका अनुसार करिब १० हजार सहभागीलाई लक्षित गरी आयोजना गरिएको उक्त वनभोजका लागि १० क्विन्टल कुखुराको मासु, ३ क्विन्टल खसीको मासु तथा वैष्णव सहभागीका लागि १० क्विन्टल दही र विभिन्न मिठाइको व्यवस्था गरिएको थियो।











प्रतिक्रिया