द ब्रिटिस कलेजले पत्रकारलाई नियन्त्रणमा राख्यो, प्रेस स्वतन्त्रतामाथि गम्भीर हमला


काठमाडौँ ।

 नेपाल लिड डटकमका संवाददाता समीर जोशी र क्यामेरापर्सन अमृत भट्टमाथि काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेजले दुर्व्यवहार गरेको छ। कलेजले विद्यार्थीबाट चर्को शुल्क असुल गरी दुबई कामदारको रूपमा पठाएको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारद्वयलाई कलेज प्रशासनले अवरोध गरेको हो।

समाचार संकलनका क्रममा कलेजले आफ्ना सुरक्षा गार्ड परिचालन गरी पत्रकारद्वयलाई घेराबन्दीमा राखेको र कलेज परिसरबाट बाहिर निस्किनसमेत नदिएको आरोप लागेको छ। यस घटनाले स्वतन्त्र रूपमा समाचार संकलन गर्ने पत्रकारको संवैधानिक अधिकारमाथि गम्भीर हस्तक्षेप भएको नेपाल पत्रकार महासंघ स्वतन्त्र समाचार सेवाले जनाएको छ।

महासंघले जारी गरेको विज्ञप्तिमा समाचार संकलनमा पु¥याइएको अवरोध र पत्रकारमाथि गरिएको दूव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै घटनामा संलग्न दोषीलाई यथाशीघ्र कारबाही गर्न माग गरेको छ। साथै, कलेज प्रशासनले पत्रकारद्वयसँग तत्काल सार्वजनिक रूपमा माफी माग्नुपर्ने मागसमेत गरिएको छ।

पत्रकार महासंघले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट गर्दै यस्ता घटनाको पुनरावृत्ति भए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएको छ।