काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी ज्ञानेन्द्र मल्ल राजनीतिमा प्रवेश गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा नाम समेटिएसँगैं मल्ल राजनीतिमा प्रवेश भएका हुन् ।
राष्ट्रिय टोलीका कप्तानसमेत रहेका मल्ललाई काठमाडौंबाट आदिवासी जनजाति कोटामा समानुपातिक उम्मेदवारको सूचीमा सामेल गरेको हो । उनको नाम पाँचौं नम्बरमा रहेको छ ।
मल्ल हाल राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षकमा तथा नेपाली ए टोलीका प्रमुख प्रशिक्षकमा रहेका छन् । २०६३ सालमा डेब्यु गरेका उनले २०८० सालमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए । उनले टी २० अन्तर्राष्ट्रियमा भुटानविरुद्ध शतक पनि प्रहार गरेका थिए ।
यसैगरी बडी बिल्डिङकी महिला खेलाडी रजनी श्रेष्ठ पनि रास्वपाकै समानुपातिक सूचीमा रहेकी छन् । श्रेष्ठ मोरङबाट आदिवासी जनजाति महिला कोटामा सो सूचीमा समावेश भएकी हुन् ।











प्रतिक्रिया