काठमाडौँ।
मधेश प्रदेश सरकारले पूर्णता पाएको छ। सरकार गठन भएको करिब एक महिनापछि मुख्यमन्त्री कृष्ण यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्ण आकार दिएका हुन्।
आज गरिएको मन्त्रिपरिषद् विस्तारसँगै मुख्यमन्त्री यादवसहित प्रदेश सरकार १२ सदस्यीय बनेको छ। यसपटक ६ जना नयाँ मन्त्री समावेश भएसँगै लामो समयदेखि अपूरो रहेको मन्त्रिपरिषद् अब पूर्ण भएको हो।
नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले उनीहरूलाई शपथ गराएका हुन्।
नयाँ मन्त्रीहरूमा मनिष सुमन श्रम तथा यातायात, राजकुमार गुप्ता भौतिक पूर्वाधार विकास, शंकरप्रसाद चौधरी वन तथा वातावरण, श्यामप्रसाद पटेल भूमि व्यवस्था, कृषि तथा सहकारी, वसन्त कुशवाहा खेलकुद तथा समाज कल्याण र फकिरा महतो गृह, सञ्चार तथा कानुन मन्त्री बनेका छन्।











प्रतिक्रिया