काठमाडौँ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले गाँजासहित चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
थाईल्याण्डको बैंककहुँदै एयर एसियाको उडान नं.FD182 को जहाजमा काठमाडौँ आएका उनीहरुलाई शुक्रवार दिउँसो करिब २ बजे सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेश गौचर काठमाडौले १० केजी ९६० ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएकाहरुमा भारत घर बताउने ३८ वर्षीया शाजिया, ४८ वर्षीया रायश अहमद, ७२ वर्षीया फातिमा र ११ वर्षीय हदी अहमद छन्। उनीहरुले ल्याएको लगेजमा कफी र चक्लेटको प्याकेटभित्र लुकाई छिपाई राखेको उक्त गाँजा प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका चारै जनालाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।











प्रतिक्रिया