काठमाडौँ
क्रिसमसको अवसरमा के. एल. दुगर ग्रुपका सदस्यहरुले गोकर्णेश्वरस्थित सुनौलो पाइला अनाथालयलाई १ हजार लिटरको पानी ट्यांकी प्रदान गर्नुको साथै त्यहाँ रहेका बालबालिकालाई विभिन्न उपहार बाँडेको छ ।
कम्पनीले कक्षा १ देखि ८ सम्म अध्ययन गरिरहेका ६ देखि १६ वर्षका ९ जना बालबालिकालाई उपहार वितरण गरेको छ । यो भेट बालबालिकाका अनुहारमा मुस्कान ल्याउन र उनीहरूको क्रिसमस खुशीमय बनाउनको गरिएको हो ।
के. एल. दुगर ग्रुपकी कार्यकारी निर्देशक सृष्टि दुगरकाअनुसार बालबालिकाको जीवनमा साना क्षणहरुले पनि ठूलो फरक पार्न सक्दछ । उनीहरूको अनुहारमा देखिएको मुस्कान र खुशीले हामीलाई आफ्नो कर्तव्यको महत्त्व अझै बुझाएको छ ।
उपहार वितरण बाहेक, कम्पनीका प्रतिनिधिले अनाथालयमा उल्लेखनीय समय बिताएका छन् । बालबालिकासँगै एउटै स्थानमा खाना खाँदै गरिएका रमाइला कुराकानी र विभिन्न गतिविधिले यस दिनलाई अझ स्मरणीय बनाएको छ ।
कम्पनीको अनुसार यो कार्यक्रम समाजप्रति जिम्मेवारी पूरा गर्ने निरन्तर प्रयासको एक हिस्सा हो । उपहार वितरण सानो पहल भए पनि, यसले आवश्यक परेकाहरूको साथमा उभिने दुगर ग्रुपको दीर्घकालीन सोच झल्काउँछ ।
कम्पनीले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरू निरन्तर गर्ने र हरेक समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। सृष्टि दुगरले भनिन्, “यो सुरुवात मात्र हो, हामी चाडपर्वमा मात्र होइन, सधैँ समाजको साथमा रहन चाहन्छौँ ।”











प्रतिक्रिया