ख्यातिप्राप्त गीतकार, कवि तथा उद्योगपति बसन्त चौधरीले जेनजीलाई लक्षित गर्दै गीत सार्वजनिक गरेका छन् ।
नयाँ पुस्ताको सामूहिक आवाजलाई एकै थलोमा उभ्याउँदै जेनजी एन्थमका रुपमा तयार पारिएको गीतले नेपाली संगीत क्षेत्रमा फरक स्वाद र सशक्त सन्देश दिने अपेक्षा गरिएको छ ।

गीतमा शब्द रचना बसन्त चौधरीको छ । संगीत न्ह्यू बज्राचार्यले तयार पारेका छन् । गायनमा भने गंगा सोनाम, दर्शन गन्धर्वी, मृणाल मानन्धर, पित्तु गहतराज, निरज विश्वकर्मा, राज सयामी, जितेन्द्र गुरुङ जिदान, प्रशना धमला, एलेक्स र उज्ज्वल महेश्वर भट्टराईले स्वर दिएका छन् । गीतको एरेन्जरमेन्ट गोपाल रासाइलीले गरेका छन् ।
गीतको पहिलो हरफले भन्छ
आजका युवा देशका आधार
नयाँ नेपालका यिनै हुन कर्णधार
अबको नेपाल बलियो नेपाल
स्वस्थ सुन्दर स्वच्छ नेपाल ।
नेपालका नयाँ पुस्ताको आवाज, सोच र आत्मविश्वासलाई उत्सवका रूपमा प्रस्तुत गर्ने सांगीतिक एन्थम सार्वजनिक गरिएको एन्थमको लेखक तथा परिकल्पनाकार बसन्त चौधरी रहेका छन् । युवा पुस्ताको सोच तथा अवधारणामा तयार पारिएको गीतले जेन–जीको निर्भीक ऊर्जा र समसामयिक चेतनालाई सशक्त रूपमा उजागर गरेको छ ।
गीतको भिडियो निर्देशन भने सुरेश पौडेलले गरेका छन् । कोरियोग्राफी सन्दीप भुजेल र छायांकन अमृत सुनुवारको रहेको छ । अमेरिकाबाट क्यामेरामा न्ह्यू बज्राचार्य र नेपालमा विक्रान्तमान श्रेष्ठले साथ दिएका छन् । सिजी ईन्टरटेन्मेन्टबाट सार्वजनिक गरिएको भिडियोमा सम्पादन सुशिल घिमिरेको रहेको छ ।











प्रतिक्रिया