काठमाडौँ ।
नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गतको मतगणना आज बिहान १० बजे सुरु हुने भएको छ । निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको छ । मतगणनामा ३ देखि ४ घण्टा समय लाग्ने अनुमान गरिएको छ ।
निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको छ । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा रहेको छ । यस्तै, महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डेबीच कडा प्रतिस्पर्धा देखिएको छ ।











प्रतिक्रिया