काठमाडौँ ।
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भएको मतदान २२ घण्टा लगाएर सम्पन्न भएको छ । कुल २ हजार २ सय ६३ मतदातामध्ये २ हजार २ सय २७ जनाले मतदान गरेका छन्, जुन ९८.०४ प्रतिशत हो । ३६ जना मतदाता अनुपस्थित रहे ।
बुधबार बिहान ९ बजे सुरु भएको मतदान बिहीबार बिहान ७ बजे सकिएको हो । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डे आमनेसामने छन् । उपाध्यक्ष, उपमहासचिव र सचिव पदमा बहुसंख्यक उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ ।
पटक–पटक सरेको निर्वाचन कार्यतालिकापछि सम्पन्न मतदानको मतगणना सुरु गर्ने तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ ।











प्रतिक्रिया