एमाले महाधिवेश: ओली र पोखरेल आ–आफ्नै प्यानलसहित मैदानमा

संस्थापनइतरबाट सुरेन्द्र पाण्डे महासचिवको उम्मेदवार


काठमाडौँ।

नेकपा (एमाले) को ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिने भएका छन्।

संस्थापनइतर धारबाट अध्यक्ष पदमा पोखरेल र महासचिवमा सुरेन्द्र पाण्डेलाई उम्मेदवार बनाउने सहमति जुटेको छ।

उपाध्यक्ष पदका लागि गोकर्ण विष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपालबीच प्रतिस्पर्धा हुने भएको छ भने उपमहासचिवमा योगेश भट्टराई उम्मेदवार बन्ने भएका छन्।

त्यस्तै, सचिव पदमा रचना खड्का, कर्ण थापा, गोकुल बास्कोटा, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैर र इन्द्रलाल सापकोटाको नाम चर्चामा रहेको छ।