गीतकार, फिल्म निर्देशक, निर्माता तथा यौन रोग विशेषज्ञ डा. सुबोधकुमार पोखरेलको गीति एल्बम परेली राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। कार्यक्रममा ६ गीत संगृहित एल्बम र त्यसमा रहेका दुई गीतको भिडियो एकसाथ सार्वजनिक गरिएको हो।
कार्यक्रममा अभिनेता एवं गीतकार नीर शाह, फिल्म पत्रकार प्रकाश सुवेदी, पत्रकार टीकाराम यात्री, गायक शिव परियार र फिल्म निर्माता सुनील पोखरेलले एल्बम सार्वजजिनक गरेका हुन्। डा. पोखरेलका गीतहरूमा दीपक शर्माको संगीत, नरेन्द्र वियोगीको एरेन्जमेन्ट तथा राजेश पायल राई, अञ्जु पन्त, शिव परियार, प्रमोद खरेल, प्रवीण बेडवाल, रचना रिमाल र वेनिशा पौडेलको स्वर रहेको छ।
अभिनेता तथा गीतकार शाहले संगीत क्षेत्रमा नवीनतम् प्रयोग नभएसम्म यसको श्रीवृद्धि हुन नसक्ने चर्चा गर्दै गीति साहित्य सरल तथा सुसंस्कृत साहित्य भएकाले साहित्यका अन्य विधाभन्दा गीति क्षेत्र कम सशक्त नभएको बताए। संविधानसभाका सदस्यसमेत रहेका गीतकार डा. पोखरेलले गीतसंगीत क्षेत्रको विकासबिना राष्ट्रको विकास हुन नसक्ने भएकाले आफूले चिकित्सकीय क्षेत्रका अतिरिक्त फिल्म र सांगीतिक क्षेत्रलाई पनि महŒव दिएको बताए। पत्रकारद्वय सुवेदी र यात्रीले साहित्य, कला र संगीतबिनाको मानिस पशुतुल्य हुने जनाउ“दै डा. पोखरेलको गीति लेखन, फिल्म निर्माण र निर्देशनको भूमिका प्रशंसनीय रहेको चर्चा गरे।











प्रतिक्रिया