नेशनल लाइफको सिइओ क्लब सम्मान


काठमाडौं ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालगञ्जमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।आर्थिक वर्ष २०८१|८२ मा तोकिएको बीमा शुल्क सङ्कलन गरी कर्णाली प्रदेशबाट योग्य भएका ११५ जना अभिकर्ताहरू र सुदूरपश्चिम प्रदेशबाट योग्य भएका १६१ जना अभिकर्ताहरू, विभागीय प्रमुखहरू, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सिइओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरूलाई सम्मान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कार्यक्रममा कर्णाली तथा सुुदूरपश्चिम प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरूलाई सिइओे क्बलको सदस्यता वितरण तथा सम्मान गर्नुभएको थियो । साथै ती प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।