चीनले जिउक्वानबाट दुई भिएचएफ डाटा एक्सचेन्ज उपग्रह सफलतापूर्वक प्रक्षेपण


काठमाडौँ । 

चीनले शुक्रबार उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट दुई नयाँ भिएचएफ डाटा एक्सचेन्ज सिस्टम उपग्रह प्रक्षेपण गरेको छ।

उपग्रहहरू कुआइझोउ–१ए वाहक रकेटद्वारा बेइजिङ समयअनुसार साँझ ५ बजे उडान भरिएको र योजना अनुसारको कक्षामा सफलतापूर्वक प्रवेश गरेको चीनी अधिकारीहरूले बताएका छन्।

यो प्रक्षेपण चीनको उपग्रह सञ्चार तथा डाटा प्रविधि विस्तारका लागि महत्वपूर्ण मानिएको छ।