वानडे क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने सूचीमा भारतीय ब्याटर रोहित शर्मा नम्बर एक भएका छन् । दक्षिण अफ्रिकाविरुद्धको वानडे सिरिजको पहिलो खेलमा तीन छक्का प्रहार गरेलगतै रोहित नम्बर एकमा उक्लिएका हुन् । यसअघि पाकिस्तानका पूर्व ब्याटर शाहिद अफरिदी यस सूचीमा नम्बर एकमा थिए ।
भारतको राँचीमा आइतबार यस खेल खेल्नअघि शाहिदले ३५१ छक्का प्रहार गरेका थिए । रोहितले भने ३४९ छक्का प्रहार गरेका थिए । रोहितका लागि शाहिदको रेकर्ड तोड्न तीन छक्काको सहयोग आवश्यक थियो । उनले खेलमा ५७ रन बनाउँदा तीन छक्का नै प्रहार गरेका थिए । योसँगैं उनी सर्वाधिक छक्का प्रहार गर्नेमा नम्बर एकमा आए ।
अहिलेसम्म वानडे क्रिकेटमा ३ सयभन्दा बढी छक्का प्रहार गर्नेमा तीन खेलाडी मात्रै छन् । रोहित र शाहिदपछि ३ सय भन्दा बढी छक्का प्रहार गर्नेमा वेस्ट इन्डिजका पूर्व ब्याटर क्रिस गेल छन् । उनले ३३१ छक्का प्रहार गरेका छन् । यसपछि २ सयभन्दा बढी छक्का प्रहार गर्नेमा ५ ब्याटर छन् । रोहितबाहेक अरू सबैजना रिटायर्ड भइसकेकाले नयाँ रेकर्ड बनाउन अहिले कोही नजिक छैनन् ।












प्रतिक्रिया