उदयपुर ।
कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री भूपेन्द्र राईले उदयपुर जिल्ला अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गर्नु पर्ने आवश्यकता देखिएकोले प्रदेश सरकारले यसकालागि आवश्यक सहयोग गर्ने र प्रादेशिक अस्पताल बनाउन स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन् ।
मन्त्री राईले शनिबार उदयपुरको गाईघाटस्थित उदयपुर जिल्ला अस्पतालमा नव निर्मित प्रसुतिगृह भवनको उद्घाटनका क्रममा उदयपुर अस्पतालमा हाल ५० बेड सञ्चचालनमा रहे पनि आन्तरिक श्रोतबाट करिब सय बेडमा चलेको र बिरामीको चाप पनि अत्यधिक रहेको, कोशी प्रदेशकै उत्कृष्ट अस्पतालका रुपमा पटक पटक मुल्यांकनमा परेको हुँदा पनि स्तरोन्नति आवश्यक रहेको बताए ।
कार्यक्रममा कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवारले उदयपुर जिल्ला अस्पतालमा विगतको तुलनामा हाल उपचार मात्र होयन आन्तरिक व्यवस्थापन सुधारिएको र जिल्ला बाहिरका बिरामीहरु पनि उपचारकालागि आउने भएकोले बिरामीको थेगी नसक्नु चाप भैरहेकोले पनि अस्पतालको स्तरोन्नति आवश्यक रहेको बताइन ।
उदयपुर जिल्ला अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा कोशी प्रदेशका पूर्व कृषि, उद्योग वाणिज्य मन्त्री राम कुमार खत्रीले पनि बोलेका थिए ।
सो कार्यक्रममा अस्पतालमा रहेका कर्मचचारीहरु मध्ये सबैभन्दा उत्कृष्ट काम गर्ने कम्प्युटर अप्रेटर रोजिन थापा र स्टाफ नर्स निर्मला कुमारी पाण्डेलाई मन्त्री राईले दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरेका थिए ।











प्रतिक्रिया