दुई पुस्तक विमोचन

1.5k
Shares

उदयपुर । 

उदयपुरको गाईघाटमा शुक्रवार उदयपुर साहित्य कला प्रतिष्ठानले नेपाल निजामती कर्मचारी संगठनको सभाकक्षमा दुई पुस्तक विमोचन भएको छ ।

उदयपुर साहित्य कला प्रैतिष्ठानको आयोजनामा भएको सो कार्यक्रममा स्रष्टाहरु द्वय पुण्य कार्की र धन कुमार श्रेष्ठको निबन्ध संग्रह जराको शक्ति र जीवन दृष्टिको स्रष्टाहरुले सामूहिक रुपमा विमोचन गरेका छन् ।

प्रख्यात निबन्धकार पुण्य कार्कीको निबन्ध संग्रह जराको शक्तिमाथि नन्दलाल आचार्यद्वारा तयार पारिएको समीक्षात्मक टिप्पणी साहित्यकार हरिविनोद खतिवडाले वाचन गरेर सुनाएका थिए भने वरिष्ठ पत्रकार कौशल चेम्जोङले पनि जराको शक्तिको संक्षिप्त समीक्षा गरेका थिए । शारदाप्रसाद भट्टराई डा कैलाश कुमार राई,महेन्द्र कुमार राई लगायतका वक्ताहरुले पनि सो पुस्तकका बारेमा संक्षिप्त टिप्पणी गरेका थिए ।

यसैगरी स्रष्टा धन कुमार श्रेष्ठको निबन्ध संग्रह जीवन दृष्टिको बारेमा हरिविनोद खतिवडा, कौशल चेम्जोङ, पुण्य कार्की, शारदा प्रसाद भट्टराई लगायतका स्रष्टाहरुले आ आफ्नो दृष्टिकोण प्रस्तुत गरेको थिए ।

उदयपुर साहित्य कला प्रतिष्ठानका अध्यक्ष डा.कैलाश कुमार राईको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतिष्ठानका महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले स्वागत मन्तव्य व्यक्त गरेका थिए  भने कार्यक्रम संचालन प्रतिष्ठानकी सचिव सरिता पौडेल गुरागाईँले गरेकी थिइन्।

कार्यक्रममा नव पुस्ताका कविहरु जोया कटुवाल, नवीन बुढाथोकी श्रीकाजी, अनिल घिमिरे तथा हर्कनारायण श्रेष्ठ, कीर्ति बहादुर खड्का लगायतका कविहरुले रचना वाचन गरेका थिए ।