काठमाडौं ।
नेपालले बंगलादेशलाई निर्यात गर्दै आएको विद्युत् ४० मेगावाटबाट बढाएर ६० मेगावाट पु¥याउने भएको छ । नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशन समितिको सातौँ बैठकपछि थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र बंगलादेशका ऊर्जा तथा खनिज मन्त्रालयकी सचिव फर्जाना ममताजबीच भएको बैठकले दुई देशबीच विद्युत् व्यापार, जलविद्युत् आयोजना विकास तथा अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्बन्धी विभिन्न विषयमा सहमति गरेको छ ।
हाल नेपालले भारतीय प्रसारण लाइन प्रयोग गर्दै बंगलादेशलाई ४० मेगावाट विद्युत् पठाउँदै आएको छ । सहमतिअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि थप २० मेगावाट पनि त्यही मार्ग हुँदै निर्यात हुनेछ । बंगलादेशमा विद्युत् बरापुकारया, पञ्चगढ÷ठाकुरगाउँ, भेरामारा र कोमिल्ला सब–स्टेसनसम्म भारतीय ग्रिडमार्फत पु¥याउने विषयमा दुवै पक्षबीच अध्ययन गर्ने निर्णय पनि भएको छ ।
बैठकले नेपाल–बंगलादेशबीच विद्युत व्यापार र ऊर्जा क्षेत्रको सहकार्यबारे ६ बुँदे सहमति गरेको छ । थप २० मेगावाट विद्युत् आवश्यक प्रक्रिया पूरा गरी निर्यात गर्ने बाहेक
सुनकोशी–३ जलविद्युत् आयोजनामा लगानी अघि बढाउन बंगलादेशले मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गर्दै प्रक्रिया अघि बढाउने छ ।
त्यस्तै नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवद्र्धन सम्बन्धी समझदारीपत्रमा दुवैले आ–आफ्नो प्रक्रिया पूरा गरी छिट्टै हस्ताक्षर गर्ने । सोहीअन्तर्गत बंगलादेशले नेपाललाई ऊर्जा परीक्षण, ईभी चार्जिङ, रूफटप सोलार जस्ता क्षेत्रमा प्राविधिक सहयोग प्रदान गर्नेछ ।
दुवै देशबीच क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने क्रममा पहिलो चरणमा बंगलादेशी टोलीका लागि तालिम काठमाडौंमा, त्यसपछि नेपाली टोलीका लागि तालिम बंगलादेशमा सञ्चालन गरिनेछ । नेपाल–भारत–बंगलादेश त्रिदेशीय ऊर्जा सहकार्य सम्बन्धी समझदारीपत्र (एमओयू)मा भारतको सहमति लिन दुवै देशले संयुक्त पहल गर्ने ।











प्रतिक्रिया