धर्मेन्द्रको अन्त्येष्टिप्रति असन्तुष्टि


बलिउडका ‘हि म्यान’ धर्मेन्द्रको अन्त्येष्टिबारे शुभ चिन्तकले प्रश्न उठाएका छन्। उनका फ्यानले प्रश्न उठाएका छन् कि एक युग हाँकेका र प्रतिष्ठित पद्म भूषण सम्मानले सम्मानित धर्मेन्द्रको पार्थिव शरीर अन्तिम दर्शनका लागि किन राखिएन? राजकीय सम्मानसहित उनको अन्तिम संस्कार किन भएन?

सोमबार निधन भएका धर्मेन्द्रको मुम्बइस्थित घरअगाडि दिउँसो १ बजे एम्बुलेन्स देखिएको थियो। त्यसपछि उनको स्वास्थ्य बिग्रिएको खबर फैलियो। केही समयमै घरबाहिर सुरक्षा कडा बनाइयो र ब्यारिकेडिङ सुरु गरियो। त्यस्तै विले पार्ले श्मशान घाटमा पनि सुरक्षा बढाइयो। केही बेरमै खबर आयो कि उनको अन्तिम संस्कार भइसकेको छ।

भारतीय सञ्चार माध्यमका अनुसार करिब डेढ बजे धर्मेन्द्रकी छोरी ईशा देवल विले पार्ले श्मशान घाटमा देखिएकी थिइन्। त्यतिबेला न त त्यहाँ धेरै भीड थियो न त निधनको आधिकारिक पुष्टि नै। केही समयपछि हेमा मालिनी पनि त्यहाँ देखिएकी थिइन्। त्यसपछि आमिर खान, अमिताभ बच्चन, अभिषेक बच्चनलगायत धेरै सेलिब्रिटी श्मशानमा पुगेका थिए। फिल्ममेकर करण जौहरले धर्मेन्द्रको निधनको पहिलोपटक सेलिब्रिटी बने।

सन् २००४ देखि २००९ सम्म बीकानेरबाट सांसद् रहेका धर्मेन्द्रलाई सन् २०१२ मा पद्म भूषण सम्मान प्रदान गरिएको थियो। भारतमा सामान्यतः पद्म भूषण सम्मान प्राप्त व्यक्तिको अन्त्येष्टि राजकीय सम्मानसहित गरिन्छ। धर्मेन्द्रलाई राजकीय सम्मान दिइयो वा दिइएन भन्ने पनि स्पष्ट नभएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। डा. प्रतीत समदानीका अनुसार धर्मेन्द्र केही सातादेखि अस्पताल भर्ना हँुदै घर फर्क“दै थिए। तर अचानक फेरि उनको निधन र हतार हतार गरिएको अन्त्येष्टिले भने उनका शुभ चिन्तकको मनमा धेरै प्रश्न उब्जाएको छ।