काठमाडौँ
टिकटकले आज आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ टाइम एन्ड वेलबिइङ स्पेस सुरु गरेको घोषणा गरेको छ । यो नयाँ अपडेटले प्रयोगकर्ताहरूलाई सचेत र स्वस्थ डिजिटल बानी बनाउन सहयोग गर्ने धेरै नयाँ सुविधाहरू ल्याएको छ ।
यस पहलले प्रयोगकर्तालाई सकारात्मक र सन्तुलित अनलाइन अनुभव दिने टिकटकको प्रतिबद्धता झनै स्पष्ट सुरक्षा र कम्युनिटी गाइडलाइन्सलाई प्राथमिकता दिँदै आएको टिकटकले पछिल्लो समय उन्नत फेमिली पेयरिङ फिचर र किशोर–किशोरीको प्रयोग अस्थायी रूपमा रोक्ने क्षमता भएको टाइम अवे फिचरजस्ता धेरै उपयोगी सुविधाहरू थप्दै आएको छ। यस वर्ष, टिकटकले राति आराम गर्न मद्दत होस् भनेर किशोर–किशोरीका लागि मेडिटेसन फिचर पनि सुरु गरेको थियो ।
अब यी सुविधाहरूको थप विस्तार गर्दै, टिकटकले प्रयोगकर्ताहरूलाई ध्यानको अभ्यास गर्ने, विश्राम लिने र स्वस्थ डिजिटल बानी बनाउने डेडीकेटेड टुल्स सहित नयाँ अनुभवहरू उपलब्ध गराएको छ।
नेपालभरिका मानिसहरूले टिकटक मार्फत आफ्ना रुचिहरू खोज्छन् र ३जर्नलटक, ३नेचरटक जस्ता कम्युनिटीसँग जोडिन्छन्। अब नयाँ टाइम एन्ड वेलविइङ फिचरले हाम्रो कम्युनिटीलाई आराम गर्न, मन शान्त पार्न र रिल्याक्स हुन अझ सरल बनाइदिएको छ।











प्रतिक्रिया