जनक शिक्षालाई आयोगको पत्र : ४ करोड मतपत्र छाप्ने तयारीमा  जनक शिक्षा

1.5k
Shares

   -जनक शिक्षा भन्छ: मतपत्र छपाई गर्न कुनै समस्या छैन 

काठमाडौं । 

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले करिब ४ करोड मतपत्र छाप्ने तयारी गरेको छ । त्यसकालागि सबै तयारी पुरा भएको जनाएको छ । केन्द्रलाई बिहीबार  निर्वाचन आयोगले मतपत्र छपाई गर्न तयारी रहन उल्लेख गर्दै पत्र पठाएको थियो । सोही पत्रको आधारमा केन्द्रले मेसिन मर्मतको लागि भारतबाट प्राविधिक टोली झिकाएको छ ।

 हामीले जुन कम्पनीबाट मेसिन खरिद गरेका छौ, त्यही कम्पनीको मेकानिकल इन्जिनियर बोलाएका छौँ –केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले भन्नुभयो । मेकानिकल टोलीले हिजो आइतबारबाट सबै मेसिनको अवस्थाबारे अध्ययन गरिरहेको छ । हिजोबाट प्राविधिक टोली आएका छन्, आजसम्म सबै मेसिनको अवस्थाबारे बिस्तृत अध्ययन गरी प्रतिवेदन दिएपछि मर्मत गर्नेछौ–प्रबन्ध सञ्चालक पौडेलले भन्नुभयो ।

  केन्द्रलाई पठाएको पत्रमा फागुन २१ गते हुने निर्वाचनमा मतपत्र छाप्न तयारी रहन उल्लेख छ । केन्द्रका पत्र पठाएकै दिन निर्वाचन आयोगका सचिव महादेव पन्थ केन्द्रको अवस्थाबारे अनुगमन गर्न सानोठिमी  जानुभएको थियो ।  सचिवसँगै केही उच्च अधिकारी पुगेका थिए ।

  आयोगका सचिवज्यूले मतपत्र छाप्ने सबै मेसिनको अवस्थाबारे जानकारी लिनुभएको थियो , हामीले मतपत्र छाप्न सबै तयारी गरिरहेको बताएका थियौं –प्रबन्ध सञ्चालक पौडेलले नेपाल समाचारपत्रसंग भन्नुभयो । उहाँले भन्नुभयो–विगत वर्षौदेखि मतपत्र छापेको अनुभव छ । अनुभवी कर्मचारी भएकोले केही समस्या छैन ।

 केन्द्रले योवर्ष करिब ४ करोड थान मतपत्र छाप्ने भएको छ । संघको मात्र निर्वाचन हुने भएकोले प्रत्यक्ष र समानुपातिक गरी उक्त संख्यामा मतपत्र छाप्ने तयारीमा छौ–प्रबन्ध सञ्चालक पौडेलले भन्नुभयो । उहाँका अनुसार ४ करोड मतपत्र छाप्न दुई महिना लाग्नेछ । आयोगले पुस पहिलो साता छपाई गर्न दिए समयमै ढुवानी हुनसक्ने प्रबन्ध सञ्चालक पौडेलले बताउनुभयो ।

 केन्द्रले सेक्युरिटी प्रेसमा रहेका मेशिन पुराना भएपनि मर्मत गरेर मतपत्र छपाई गर्ने जनाएको छ । केन्द्रले २०६४ सालमा निर्वाचन आयोगले अनुदानमा दिएको दुईवटा र केन्द्रले खरिद गरेको एउटा वेवमेशिनले मतपत्र छपाई गर्ने जानकारी दिनुभयो । वेभ मेसिनकै मेकानिकल इन्जिनीयरहरु केन्द्रको मेसिन अवलोकन गरिरहेका छन् ।

 केन्द्रले पुरानै मेसिन भएपनि मतपत्र छाप्न तयारी अवस्थामा रहेको जनाएको छ । केन्द्रले आयोगले लिखितपत्र दिएपछि बल्ल काम शुरु गरेको छ । यसअघि करिब एकमहिना अघि आयोगको उच्चअधिकारीले मतपत्र छाप्न तयारी रहन आग्रह गरेको थियो । त्यसबेला मौखिक जानकारी थियो, अहिले लिखित पत्र आएको छ । लिखित आएपछि सबै तयारी गर्नैप¥यो नि ? प्रबन्ध सञ्चालक पौडेलको भनाई थियो ।

 केन्द्रले फागुन २१ मा हुने आमनिर्वाचनमा मतपत्र छपाई र प्याकिङगर्ने जनाएको छ । केन्द्रले छपाईसंगै मतदान केन्द्रअनुसार फरकफरक प्याकिङ गरी प्लास्टिकको झोलामा राखेर सम्बन्धित निर्वाचन क्षेत्रमा पु¥याउनुपर्नेछ ।  केन्द्रले उपत्यकाबाहेक अन्य जिल्लाको लागि पहिलो चरणमा मतपत्र छाप्ने र ढुवानी गर्ने तयारी गरेको छ । आयोगले कर्णालीका अतिदुर्गम मतदानकेन्द्रमा हवाईमार्गबाट ढुवानी गर्नेछ । मतपत्र छाप्न करिब  २ सय कर्मचारी खटाउनेछ ।

 मतपत्र छाप्न नेपाली सेनाले सुरक्षा जिम्मा लिने छ । त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् । प्रेसका सबै गतिविधि नेपाली सेनाले निगरानी गर्नेछ । सीसीटीभीको अनुगमन सेनाबाटै हुनेछ । फुटेज राख्ने र अन्य सुरक्षा जाँचसमेत नेपाली सेनाबाटै गर्ने तयारी छ । केन्द्रले यसअघि पछिल्लो समय २०६४, दोस्रो संविधान सभाको निर्वाचन २०७० सालमा मतपत्र छापिसकेको छ । त्यस्तै २०७४ प्रतिनिधिसभा, २०७९ सालको  प्रतिनिधि र स्थानीयतहको निर्वाचनको मतपत्र छपाई गरिसकेको छ ।

  प्रवक्ता कुँवरले पुस महिनाको अन्त्यबाट छपाई सुरु हुनसक्ने बताउनुभएको छ ।आयोगले दलदर्ता सकेर चुनावचिह्न दिएपछि पहिलो समानुपातिकतर्फको मतपत्र छाप्ने काम सुरु हुनेछ ।केन्द्रकाअनुसार संघअन्तर्गत १ सय ६५ निर्वाचनक्षेत्रका प्रत्यक्षतर्फ र समानुपातिकतर्फ मतपत्र छपाई गर्नेछ । त्यसैगरी प्रदेशको समानुपातिक र प्रत्यक्षमा मतपत्र छपाई गर्नेछ । केन्द्रले करिब ५ वटा मेशिनमा मतपत्र छाप्नेछ । जुन मेसिनले एसईईको प्रश्नपत्र, राजश्व विभागको स्टिकर , लालपुर्जा लगायत महत्त्वपूर्ण कागजात छपाई गरेको थियो ।