राष्ट्रिय संघहरूलाई आफ्नै संगठनमा टिकाइरहने प्रयासमाआईबीए

2.91k
Shares

सन् २०१५ मा फ्लोइद मेवेदर र म्यानी प्याकियोबीच अमेरिकाको लस भेगासस्थित एमजिएम ग्राण्ड गार्डेन स्टेडियममा भएको प्रोफेसनल बक्सिङ खेललाई हालसम्मकै सबैभन्दा धेरै धनराशी भएको प्रोफेसनलबक्सिङ खेलको रूपमालिने गरिन्छ । उक्त एकै खेलमा करिब ६ सय मिलियन डलरको कुल कारोवार भएको विजयी खेलाडी फ्लोइड मेवेदरले करिब २ सय ५० मिलियन डलर र प्याकियोले करिब १ सय ५० मिलियन डलर पाएको बताइन्छ । यसरी प्रोफेसनलबक्सिङमाअन्तर्राष्ट्रिय रूपमै ठूला धनराशीभएको खेल हुँदै आएकामा इन्टरनेसनल बक्सिङ एसोसिएसन (आईबीए) ले पनिएमेच्योर बक्सिङमाइतिहासकै ठूलो धनराशीभएको बक्सिङ प्रतियोगिताको आयोजना गर्ने घोषणा गरेको छ ।

सन् २०२५ डिसेम्बर २ देखि डिसेम्बर १३ सम्म युएईको दुबईमा आयोजना हुने कुल ८.३२ मिलियन डलर बराबर पुरस्कार रकम रहेको उक्त प्रतियोगिता एमेच्योर बक्सिङ इतिहासमै सबैभन्दा धेरै नगद पुरस्कार रहेको प्रतियोगिता हुने बुझिएको छ । प्रत्येक तौल समूहमा स्वर्ण पदक जित्नेलाई ३ लाख, रजत विजेतालाई १ लाख ५० हजार,कांस्य पदकविजेता (सेमिफाइनलिस्ट) लाई ७५ हजार र क्वार्टर–फाइनलिस्टलाई १० हजार अमेरिकी डलर पुरस्कारको घोषणासँगै यस प्रतियोगिताको चर्चा अन्तर्राष्ट्रिय रूपमै चुलिएको छ । ठूलो धनराशीका साथै जितेको पुरस्कार रकम वितरण गर्ने संरचनाले यसलाई थप विशेष बनाएको देखिन्छ । यो नगद पुरस्कार खेलाडीलाई मात्र नभई प्रशिक्षक र खेल संघसमेतलाई जानेगरी समतामूलकव्यवस्थाआईबीएले गरेको छ । जसअन्तर्गत प्रदान गरिएको पुरस्कारको बक्सरलाई ५० प्रतिशत, प्रशिक्षकलाई २५ प्रतिशत र राष्ट्रिय संघहरूलाई २५ प्रतिशतदामासाहीले बाँडिने संरचनाबनाएको पाइन्छ ।

यस नयाँ शैलीको पुरस्कार वितरण प्रणालीले बक्सरलाई मात्र फाइदा पु¥याउँदैन, उनीहरूको विकासको लागि जिम्मेवार प्रशिक्षकका साथै र संघहरूको आर्थिक सबलीकरण गर्न पनि मद्दत पु¥याउने देखिन्छ ।आईबीएको अपारदर्शी आर्थिक कारोबारका साथै रुस र पश्चिमा जगत्को बिग्रँदो अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका कारण ओलम्पिकमा बक्सिङलाई समावेश नगरिए पश्चातअन्तर्राष्ट्रिय रूपमाबक्सिङलाई नयाँँँ छाता संगठनअन्तर्गत राखी ओलम्पिक मुभमेन्टमा समावेश गर्नका निम्ति केही समय अगाडि मात्र स्थापना भएको वल्र्ड बक्सिङका कारण अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबीए) केही समययता छायामा परेको जस्तो भानहुँदै गएको थियो । यद्यपि आईबीएले पनि विभिन्न समयमा ठूलाप्रतियोगिताको आयोजनानगरेको भने होइन ।

आईबीएमा आर्थिक कारोबार अपारदर्शी भयो भन्ने विषयलाई आईबीएकै कतिपय कदमले पुष्टि दिलाउन मद्दत गरिरहेको छ ।ठूलो धनराशीसहितको पुरस्कार व्यवस्था हुनु पक्कै पनि खेल र खेलाडीको सर्वाङ्गीण विकासकालागिअत्यन्त महत्वपूर्ण छ । तथापि त्यो रकमको वैधता र स्रोत भने पक्कै चाहिन्छ । अन्यथा खेल क्षेत्रमा कालोधनको प्रयोग बढ्न सक्ने र आर्थिक अपराध गर्नेहरूका लागि सहज स्थान बन्न पुग्नेतर्फ सबैको ध्यान पुग्न जरुरी छ । यसरी अमेरिकालगायतपश्चिमा राष्ट्रहरूको समर्थन रहेको वल्र्ड बक्सिङको नेतृत्वमा हाल नेदरल्याण्ड्सका बोरिस भान डेर भोर्षट छन् भने आईबीए नेतृत्वमा रुसी व्यापारी उमर क्रेमलेभ रहेका छन् ।

यसरी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यता प्राप्त वल्र्ड बक्सिङमा धेरै राष्ट्रिय संघहरूले आबद्धता जनाउनथालेपछि आईबीएले पनि राष्ट्रिय संघहरू र बक्सिङ खेलाडीहरूलाई ठूलो नगद राशीसहितको पुरस्कार व्यवस्था गरी आफ्नो संघमा नै टिकाइराख्ने भरमग्दुर प्रयास जारी राखेको देखिन्छ ।आईबीएले बक्सिङ खेलको सम्पदा र मूल्यहरूको रक्षा गर्ने भन्दै आउँदो वर्ष २०२६ मा ८०औ वार्षिकोत्सवमनाउनभव्यकार्यक्रमगर्ने चर्चा पनि चलेको छ । सन् १९२० मा एन्टवर्प, बेल्जियममा भएको ओलम्पिक खेल लगत्तै स्थापना भएको फेडरेसन इन्टरनेसनल डे बक्से एमेच्योर (फिबा) लाई प्रतिस्थापनगर्न दोस्रो विश्वयुद्धपश्चात इंग्ल्यान्ड र फ्रान्सद्वारा सन् १९४६ मा आईबीए स्थापना गरिएको थियो ।

आईबीएले दुबईमा हुन लागेको १२ दिनको यस प्रतियोगितालाई बक्सिङ महोत्सवकारूपमाप्रचार गरिरहेको छ । जसमाआईबीएअन्तर्राष्ट्रिय सभा र ग्लोबल बक्सिङ फोरम जस्ता अन्य प्रमुख कार्यक्रमहरू पनि सँगसँगै हुनेछन् । डिसेम्बरमाहुनगइरहेको आईबीएपुरुष एलिट विश्व च्याम्पियनसिप २०२५ मा विश्वस्तरीय प्रतिस्पर्धा, सांस्कृतिक उत्सव र विविध प्रदर्शनलाई संयोजन गर्न खोजिरहेको देखिन्छ । उल्लेखनीय पुरस्कार रकमका कारण मात्र नभई एकता, प्रतिभा र समानताको प्रदर्शनमा विश्वभरका खेलाडीहरूलाई एकत्रित गर्दै प्रमुख बक्सिङ राष्ट्रहरू रिंगमा प्रवेश गर्ने हुँदा विश्व खेलकुद जगतमा यो प्रतियोगिताको चर्चा अहिलेदेखिनै चुलिएको पाइन्छ ।

करिब १ सय राष्ट्र सहभागी हुने भनिएको उक्त प्रतियोगितामा नेपाली खेलाडीले खेल्ने अनिश्चित जस्तै छ । नेपाल जस्तो खेलकुदमा कम एक्सपोजर पाउने मुलुकलाई बक्सिङमा भइरहेको अन्तर्राष्ट्रिय राजनीतिले कुन अन्तर्राष्ट्रिय संगठनको छातामुनि जाँदा फाइदा बेफाइदा हुन्छ भनेर मापनगर्नुपर्ने अवस्थाआइसकेको छ । विश्व शान्ति कायम गर्न, विभिन्न भूगोल, भाषा, धर्म, संस्कृति जातजातिबीच एकता कायम गर्न तथा सम्पूर्ण विश्वलाई नजिक ल्याएर भाइचारा स्थापित गर्नका निम्ति खेलकुदले महत्वपूर्ण भूमिका निभाउँदै आएको सर्वविदितै छ । राष्ट्रको सीमा, राजनीतिका साथै जातीयलगायतकुनैपनिप्रकारको भेदभावलाई प्रवाह नगरी सबैलाई एकताबद्ध गर्ने शक्ति रहेको खेलकुदमै हाल आएर राजनीतिक रंग देखिन थाल्नु पक्कै पनिसुखद् पक्षहोइन । विगत लामो समयदेखि नेपाली खेलकुदमा यस्ता विषय हेर्दै र भोग्दै आएका हामी नेपालीलाई भने यो नौलो विषयनभएतापनियसले समग्र अन्तर्राष्ट्रिय खेल जगतलाई चिन्ताको विषय बनाएको छ ।

यस ऐतिहासिक पुरस्कार संरचनासहितको प्रतियोगिताले बक्सर, प्रशिक्षक र राष्ट्रिय बक्सिङ संघहरूको आर्थिक पाटो उन्नयन गर्न र सहयोग पु¥याउनुका साथै उत्कृष्ट खेलाडीहरूलाई अन्तर्राष्ट्रिय मानसम्मानकालागिमात्र नभई आकर्षक आर्थिक पुरस्कारको लागि पनि प्रतिस्पर्धा गर्न थप प्रेरणा दिनसक्ने देखिन्छ । आगामी डिसेम्बरमा बक्सिङको विश्व राजधानी बन्दै गरेको दुबईमा विश्वका हरेक कुनाका खेलाडीहरूले आफ्नो जीवनको आर्थिक पाटो सुधार गर्ने अवसरको साथ आफ्नै झण्डामुनि प्रतिस्पर्धा गर्ने अवसर पाउँदैछन् । यस्ता प्रतियोगिताहरूले बक्सरहरूमाथपअवसरहरू सिर्जना गर्नुका साथै विश्वभरि छरिएर रहेका सम्पूर्ण बक्सिङ जगत्लाई एकताको सूत्रमा बाँध्ने माध्यम पनि बन्न सक्ने देखिन्छ ।