काठमाडौं।
श्रृजना ज्ञान सागर र ल्यान्डमार्क एकेडेमीले तेश्रो हिसान फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । तार्केश्वर हिसानको आयोजना तथा सेक्रेड हार्ट माध्यमिक विद्यालयको संयोजनमा भएको प्रतियोगिताको ब्वाइजमा श्रृजना ज्ञानसागर र गल्र्समा ल्यान्डमार्क च्याम्पियन बनेका हुन् ।
शेषमतिस्थित सेक्रेड हार्टमा भएको ब्वाइजको फाइनलमा श्रृजना ज्ञानसागरले कौशललाई ३–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि विनोद तामाङ, लोकश बोहरा र अंगड पाख्रिनले गोल गरे । कौशलका विराज गुरुङले सान्त्वना गोल फर्काए ।
गल्र्सको उपाधि भिडन्तमा ल्यान्डमार्कले हिमरश्मिलाई साजन खत्रीको दुबै गोलको सहयोगमा २–० गोलले हरायो । ब्वाइज÷गल्र्स दुवैमा प्रारम्भ वल्र्ड स्कुल तेश्रो बन्यो ।
ब्वाइजमा कौशलका अनिल गुरुङ र गल्र्समा प्रारम्भकी आकृति तामाङ खेलाडीमा तथा श्रृजनाका रविन तामाङ र गल्र्समा हिमरश्मिकी कुसुम गुरुङ गोलरक्षकमा उत्कृष्ट भए ।
‘सर्वाङ्गीन विकासको एउटा पक्ष ः खेलकुद’ भन्ने नारासाथ आयोजित दुईदिने प्रतियोगिताको ब्वाइजमा ८ तथा गल्र्समा ७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।











प्रतिक्रिया