काठमाडौँ ।
शहरी विकासमन्त्री कुलमान घिसिङले वागमती नदी करिडोरअन्तर्गत गुहेश्वरी–गोकर्ण खण्डको जम्बुडाँडा क्षेत्रमा ढल व्यवस्थापन, सडक स्तरोन्नति तथा सरसफाइको अवस्था बारे अनुगमन गर्नुभएको छ।
शनिबार बिहान गरिएको अनुगमनका क्रममा मन्त्री घिसिङले ढल जाम भई नदीमा मिसिएको समस्या र समयमै मर्मत नहुँदा सडक बिग्रिएको अवस्था प्रत्यक्ष अवलोकन गर्नुभएको थियो।
उक्त क्षेत्रमा ढल तथा सडक मर्मतका लागि ठेक्का भए पनि काम सन्तोषजनक प्रगति नभएको भन्दै मन्त्री घिसिङले निर्माण व्यवसायीलाई आवश्यक जनशक्ति थपेर मर्मत कार्य एक महिनाभित्र सम्पन्न गर्न निर्देशन दिनुभयो।











प्रतिक्रिया