काठमाडौँ।
सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १९४ रनको लक्ष्य दिएको छ। कीर्तिपुर क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगमा सुदूरपश्चिमले ७ विकेट गुमाएर १९३ रन बनायो।
सुदूरका लागि जोश ब्रोनले सर्वाधिक ६८ रन बनाए। त्यस्तै विनोद भण्डारी ४३, क्रिश लिन ३१,दिपेन्द्र सिंह ऐरी १५, स्कट कुग्गेलेजिन ८, हर्मित सिंह ४ रनमा र आरिफ शेख शून्यमा आउट भए।
पोखराका लागि जिम्मी निसम तीन, डान डाउथवैट र आकाश चन्दले समान दुई /दुई विकेट लिए।











प्रतिक्रिया