२०औं वार्षिकोत्सवको अवसरमा शिखर इन्स्योरेन्सले गर्यो कर्मचारीलाई सम्मान


काठमाडौँ
शिखर इन्स्योरेन्स कम्पनीले २० औं वार्षिकउत्सव सम्पन्न गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमका साथमा वार्षिकोत्सव मनाएको छ । यसैबीच कम्पनीमा २० वर्ष भन्दा बढी समय देखि कार्यरत कर्मचारीलाई सुनको सिक्का तथा १० वर्ष भन्दा बढी समयदेखि कार्य गर्ने ११ जना गरी कुल ३४ जना कर्मचारीलाई १०० ग्राम चाँदीको सिक्का सहित सम्मान गरिएको थियो ।

कम्पनीले विगतमा पनि हरेक वर्ष आफ्नो वार्षिक उत्सव कार्यक्रममा १० वर्ष भन्दा बढी समयदेखि कम्पनीमा सेवा प्रदान गर्ने कर्मचारीलाई चाँदीको सिक्कासहित सम्मान प्रदान गर्दै आइरहेको छ ।

जसमा १०० करोड रुपियाँ भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी, २०० करोड रुपियाँ भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी, ३०० करोड रुपियाँ भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी, ४०० करोड रुपियाँ भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी र ५०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी रहको दाबी कम्पनीले गरेको छ ।

बीमा शुल्क रकममा करिब १४ प्रतिशतको बजार हिस्सा ओगटेको छ । कम्पनीले २० वर्षको समयमा रु.२० अर्व भन्दा बढीको दाबी रकम भुक्तानी गरिसकेको छ । २० वर्षको समयमा १ लाख भन्दा बढी दाबी संख्याको भुक्तानी गरेको छ । २० वर्षको समयमा आफ्ना शेयरधनीहरुलाई २९५ प्रतिशतको लाभांस प्रदान गरेको छ । मर्जर विना रु.२५० करोडको चुक्ता पुँजी पु–याउने पहिलो बीमा कम्पनी १०० भन्दा बढी शाखा संजाल विस्तर गर्ने पहिलो बीमा कम्पनी र ६०० जना भन्दा अधिक मानव संसाधन विकास गर्ने पहिलो बीमा कम्पनी रहको कम्पनीले दाबी गरेको छ ।

कम्पनीले २० वर्षको समयमा निम्न सम्मानहरु प्राप्त गर्न सफल रह्यो । ६ पटक सम्म नेपालको बेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी तथा बेष्ट इन्स्योरेन्स कम्पनीका रुपमा सम्मानित भएको छ । मनव संसाधनको विकासका लागि कर्पोरेट एक्सेलेन्स अवार्ड बाट सम्मानित भएको थियो । बीमा क्षेत्रमा सबैभन्दा बढी कर भुक्तानी गरेकोले आन्तरीक राजश्व विभागबाट सम्मानितसमेत भएको थियो । कृषि तथा बाली बीमाको बीमा दाबी भुक्तानीका लागि नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीका रुपमा सम्मानित पनि भएको थियो र नेपाल पुनर्बीमा कम्पनीबाट सबै भन्दा बढी नाफामुलक पुनर्बीमा गरेकोमा सम्मानित भएको थियो ।