००७ अंक भन्नाले धेरै जसोको दिमागमा जेम्स बोण्डलाई परिचय गराउने आउँछ । ००७ अंक फुटबल खेलमा पनि यसको केही मतलब रहेको छ । तर, यो फुटबलमा राम्रो अंक भने होइन । यसको मतलब हुन्छ कुनै खेलाडीले डेब्यु गरेर लगातार सात खेलमा कुनै गोल र कुनै असिस्ट नगरेपछि त्यस खेलाडीलाई ००७ भनेर सम्बोेेधन गरिने हो ।
नयाँ क्लबमा आउँदा कोही खेलाडीले लगातार सात खेलमा गोल गर्न नसकेमा त्यो शून्य भयो । यसपछि यसै लगातार सात खेलमा कुनै असिस्ट गर्न नसकेमा त्यो अर्को शून्य भयो । यसपछि ७ ले खेलसंख्यालाई बुझाउँछ ।
यसको शुरुआत सन् २०२१ बाट भएको हो । स्काई जर्मनी ग्राफिकले म्यानचेस्टर यूनाइटेडमा नयाँ करिअर शुरुआत गरेका जादोन सान्चोले गोल र असिस्ट गर्न नसकेपछि उनलाई जेम्स बोण्डको लुगा लगाएर त्यही शैलीमा ००७ सिर्जना गरेको थियो । सान्चोले बताए पनि—उनीहरूले मलाई ००७ भनेको थियो । जिरो गोल, जिरो असिस्ट, सात खेल ।
यस्तै, लिभरपुलमा अनुबन्ध भएका फ्लोरिएन विर्जले पनि प्रिमियर लिगमा शुरुआती सात खेलमा गोल र असिस्ट गर्न अक्षम भएका थिए । योसँगैं विर्ज पनि ००७ को सूचीमा परे ।
००७ बाट परिचय पाउनेमा अर्का खेलाडी म्यानचेस्टर यूनाइटेडका म्याथ्युज कुन्हा हुन् । उनले पनि वोल्भसका लागि लगातार सात खेलमा गोल र असिस्ट गर्न सकेनन् ।
शुरुआतमा राम्रो गर्न नसकेपनि पछि कुन्हाले राम्रो खेलेका छन् । कुन्हाले पछिका खेलहरूमा गोल गरेका छन् । उनले वोल्भस्का लागि तीन सिजनमा ३३ गोल गरेका छन् ।
पुरानो खेलाडीमा हेर्ने हो भने थिइरी हेन्रीले पनि आर्सेनलका लागि आठौं खेलमा गोल गरेका थिए । उनको शुरुआत खासै प्रभावशाली नभएपनि पछि उनले राम्रो खेले । उनले प्रिमियर लिगमा १७५ गोल गरे भने चार पटक गोल्डेन बुट जिते ।











प्रतिक्रिया