काठमाडौँ।
विराटनगर किङ्ग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा जितका लागि पोखरा एभेन्जर्सलाई दुई सय २१ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा मङ्गलबार साँझ टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा दुई सय २० रन बनायो । यो एनपीएल कै सर्वाधिक ठुलो योगफल हो ।
विराटनगरका लागि ओपनर लोकेश बमले ४८ बलमा एक चौका र सात छक्काको सहयोगमा सर्वाधिक ७२ रन बनाए । मार्टिन गुप्टिलले ६१ रन बनाए । गुप्टिलले ३५ बलमा तीन चौका र पाँच छक्का प्रहर गरे । यस्तै शुभम् रन्जनेले ३८, बसिर अहमदले २३, नारायण जोशीले अविजित ११ र जर्ज मुन्सीले १० रन बनाए ।
बलिङमा पोखराका म्याट टेलरले दुई तथा सागर ढकाल, कुशल भुर्तेल र आकश चन्दले एक एक विकेट लिनुभयो ।











प्रतिक्रिया