हिमालयन डिस्टिलरीले बजारमा ल्यायो ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’


काठमाडौँ
हिमालयन डिस्टिलरी लिमिटेडले बहु प्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ बजारमा ल्याएको छ । कम्पनीले हाललाई काठमाडौंका प्रमुख स्टोरमा यो नयाँ प्रिमियम ह्विस्की उपलब्ध गराएको जनाएको छ ।

कम्पनीका अनुसार यो व्हिस्की उत्कृष्ट शिल्प कौशलको प्रतीक हो । क्वेरकस आल्बा काठका ब्यारेलमा परिपक्व गरिएको यो ह्विस्कीमा मह, भ्यानिला, क्यारेमेल र स्मोक फेल्लेबरको स्वाद र सुगन्धको सन्तुलित मिश्रण पाइन्छ । हिमालयन डिस्टिलरीका अनुसार यसले परम्परा र आधुनिकताको समिश्रण झल्काउँछ ।
कम्पनीका अनुसार श्लोकमा प्रयोग हुने मदिराको विकासमा करिब पाँच वर्षको समय र ४ सय ज्ञभन्दा बढी नमुना परीक्षण गरिएको थियो । ‘श्लोक’ एउटा स्वाद मात्र होइन, एउटा कथा, प्रत्येक सिपसँग उत्पन्न हुने विशिष्ट अनुभव र उत्कृष्टताको अनुभूति रहेको कम्पनीको भनाई छ ।

हाल ७ सय ५० मि.ली., १ सय ८० मि.ली. र ९० मि.ली. गरी तीन वटा साइजमा उपलब्ध छ । सो को मूल्य क्रमशः २ हजार ८ सय ६०, ७ सय १५ र ३ सय ६० रुपियाँ रहेको छ ।
हिमालयन डिस्टिलरीका अनुसार श्लोक हिमालयन प्रिमियम ह्विस्कीको सार्वजनिकरणले नेपालको प्रिमियम ह्विस्की बजारलाई नयाँ परिभाषा दिनेछ ।

गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय स्तरको अनुभव खोज्ने नेपाली उपभोक्तालाई श्लोकले आकर्षित गर्नेछ भन्ने कम्पनीको बिश्वास रहेको छ । हरेक पललाई विशेष बनाऔं किनभने ‘श्लोक’को प्रत्येक थोपामा मिठो कथा छ ।