काठमाडौं ।
ज्ञानोदय र काष्ठमण्डपले १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा सोमबार जित हात पारेका छन् ।
ज्ञानोदयले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १५–९ ले पराजित ग¥यो । ज्ञानोदयको जितमा प्रिन्सेस थापा मगरले ६ अंक जोडिन् ।
भनिराको १३ अंक सहयोगमा काष्ठमण्डपले आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) ‘बी’ लाई ३१–१६ ले हरायो । गल्र्समै ग्रिनल्यान्डले अपीलाई ३०–१९ ले पाखा लगायो । ग्रिनल्यान्डकी बिहानी राईले १२ स्कोर गरिन् ।
ब्वाइजमा युरो स्कुलले जोन डेवीलाई ३०–१६, एलआरआईले स्किब्सलाई ४३–३० र हेम्सले ज्ञानोदयलाई ३८–१५ ले पन्छाए । युरोका देवले ९ र हेम्सका जोनस कुइकेलले १४ अंक जोडे ।











प्रतिक्रिया