काठमाडौं।
खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु र फोहर जलाए १० हजार रुपियाँ जरिवाना तिर्नुपर्ला । कामपा वातावरण व्यवस्थापन विभागले कुनै पनि स्थानमा प्लास्टिकजन्य र अन्य फोहोर नबाल्न सूचना जारी गरेको हो । कामपाले भनेको छ । कृपया फोहोर नजलाउनुस् १० हजार जरिवाना तिर्नुपर्ला ।
चिसो बढेसँगै फोहोर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको जनाउँदै यस्ता वस्तु बाल्न रोक लगाइएको हो । कामपा वातावरण व्यस्थापन विभाग प्रमुख सरिता राईले फोहोर र प्लास्टिकजन्य फोहोर नबाल्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘फोहोर बालेको जानकारी पाए तत्काल कारबाही गर्नेछौं ।’
कामपा प्रहरीबल प्रमुख राजुनाथ पाण्डेले विगतमा भएको कारबाहीलाई निरन्तरता दिन कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘फोहोर बालेको जानकारी दिनुस तत्काल कारबाही गर्नेछांै ।’
महानगरपालिकाले जारी गरेको प्रतिबन्धसम्बन्धी अनुरोध कसैले अटेर गरेमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ तथा आर्थिक ऐन, २०८२ बमोजिम कारबाही हुनेछ । यस व्यवस्थाबमोजिम प्रतिपटक १० हजार रुपियाँ जरिवाना हुनेछ । आर्थिक ऐनमा कारबाहीको प्रक्रियाको विषय उल्लेख गरेको छ । कामपा प्रहरी बल प्रमुख पाण्डेले विभागले सूचना जारी गरेपछि प्रहरीले आजैबाट कारबाही थाल्ने जनाएको छ । फोहोर जलाएको अनुगमन गर्न प्रहरी टोली परिचालित हुनेछ ।











प्रतिक्रिया