लमजुङमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु


काठमाडौं ।

लमजुङमा बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मर्स्याङ्दी गाउँपालिका–३ खुदिबाट नाइचे तर्फ सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप शुक्रबार राति दुर्घटना हुँदा चालक दोलखा मेलुङ–४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको हो।

जिप अनियन्त्रित भई करिब ८०० मिटर तल खस्दा दुवै गम्भीर घाइते भएका थिए। प्रहरीले उद्धार गरी बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका लागि ल्याए पनि उपचारको क्रममा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए।

सोही जिपमा सवार ताप्लेजुङ सिदीङ्वा गाउँपालिका–४ का २० वर्षीय उमेश लिम्बू भने सकुशल रहेको प्रहरीले जनाएको छ।