काठमाडौं ।
धनगढी उपमहानगरपालिका–११ बेला निवासी २७ वर्षीय धनिराम रानालाई करिब १५ ग्राम खैरो हिरोइनसहित प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार, लागुऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र अस्थायी प्रहरी पोष्ट अम्बिका टोलको संयुक्त टोलीले शुक्रबार दिउँसो विशेष सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो।
उनको घर खानतलासी गर्दा धानको बोरा भित्र लुकाइराखिएको १४ ग्राम ९२० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया