काठमाडौं ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको ६३ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि बिरामी रहेका आलमको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज, सिनामंगलमा निधन भएको परिवार स्रोतले पुष्टि गरेको छ।
उच्च रक्तचाप र मधुमेहका कारण स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई एक महिनाअघि अस्पतालमा भर्ना गरिएको थियो। पछिल्लो एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। आलमका छोरा डा.राजिक आलमका अनुसार भारतको मेदान्त अस्पतालमा उपचार गराएपछि घर फर्किएका उनी फेरि अस्वस्थ भएपछि पुनः काठमाडौंमा उपचाररत थिए।
पूर्वमन्त्री आलमले झण्डै छ वर्ष जेल जीवन बिताएपछि गत जेठमा उच्च अदालत जनकपुरको वीरगन्ज इजलासबाट सफाइ पाएर नख्खु कारागारबाट रिहा भएका थिए। राजनीतिक जीवन नेविसंघबाट सुरु गरेका आलमले चार पटक प्रतिनिधिसभाको सदस्यको रूपमा रौतहट–२ क्षेत्रको प्रतिनिधित्व गरेका थिए।
राजनीतिक जीवनमा उनले विभिन्न मन्त्री पद सम्हालेका थिए भने बम विस्फोटसम्बन्धी मुद्दामा लामो समय जेल बसेका थिए।











प्रतिक्रिया