झरीबाट बाँकी रहेको धान थन्क्याउन चटारो

1.41k
Shares

खोटाङ ।

कात्तिक–२०, खोटाङका किसानहरु अविरल झरीले क्षति पु¥याएर बाँकी रहेको धान बाली थन्क्याउने चटारोमा रहेका छन्् । थन्काउने बेलामा झरीले क्षति पु¥याएको धान थन्क्याउन यतिखेर किसानहरु खेत–खेतमा जुटिरहेका हुन् ।


ठूलो मात्रामा धान बालीमा क्षति पुगेपछि चिन्तित बनेका किसानहरु बाँदर लगायतका बन्यजन्तुहरुबाट समेत धान जोगाउने हतारोमा छन । देशभर परेका झरीका कारण दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा मात्र करिब ४१ दशमलब ६३ हेक्टरमा लगाइएको धानमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख विशाल मोडीका अनुसार उक्त नगरपालिकामा ३५ सय हेक्टर धान खोती गरिन्छ । यसमा करिब ८ हजार ९ सय ९५ मेट्रिकटन धान उत्पादन हुँदै आएको छ । बिशेषगरी काटेर पाँजो लगाएको धानमा ाति पुगेको खार्मीका युवा कृषक हेमन्त राईको भनाई छ । राईका अनुसार काटेर आलीमा राखिएको धान आलीमै उम्रिएका छन ।

धान, कोदो लगायतका बाली तथा फलफूलमा ठूलो मात्रामा क्षति पुगेका किसानहरुलाई सरकारले राहतको ब्यवस्था गर्नुपर्ने युवा किसानहरुको माग रहेको छ ।हलेसी तुवाचुङ नगरपालिकामा पनि धान बालीमा ठूलो क्षति भएको नगरपालिकाका प्रवक्ता कमल गिरीले बताउनुभयो । उक्त नगरपालिकाका एक सय २० हेक्टरमा धान खेती गरिन्छ । यसमा तीन सय ८ दशमलब ४ मेट्रिकटन धान उत्पादन हुने गरेको छ ।

जन्तेढुङ्गा गाउँपालिकामा पनि धान खेतीमा व्यापक क्षति पु¥याएको छ । गाउँपालिका उपाध्यक्ष खेम खड्काका अुनसार उक्त गाउँपालिकामा ४० प्रतिशत धान खेती नष्ट भएको छ । उक्त गाउँपालिकामा दुई सय ४० दशमलब ९६ हेक्टरमा धान खेती गरिन्छ । यसमा करिब ६ सय १९ दशमलब २७ मेट्रिकटन उत्पादन हुने गरेको तथ्याङक हेको छ । बाराहापोखरी गाउँपालिकामा पनि धान खेतीमा क्षति पुगेको छ । उक्त पालिकामा ६० प्रतिशत भन्दा बढी पु¥याएको छ । उक्त पालिकामा ६ सय ५७ हेक्टरमा धान खेती गरिन्छ । यसमध्ये १६ सय ८८ दशमलब ४९ मेट्रिकटन उत्पादन हुने कृषि ज्ञान केन्द्र खोटाङको रेकर्डमा उल्लेख छ ।

त्यसै गरी खोटेहाङ गाउँपालिकामा पनि धान खेतीमा क्षति पुगेको गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले बताउनुभयो । उक्त पालिकामा एकीन विवरण नआइसके पनि करिब ४० प्रतिशत धान पानीले नष्ट गरेको छ । उक्त पालिकामा १२ सय हेक्टरमा धान खेती गरिन्छ । उक्त पालिकामा करिब तीन हजार ८४ मेट्रिकटन धान उत्पादन हुदै आएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पनि पानीले धान खेतीमा क्षति पु¥याएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले जनाउनुभयो ।

उक्त पालिकामा पनि १२ सय हेक्टरमा तीन हजार ८४ मेट्रिकटन धान उत्पादन हुदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । त्यसैगरी साकेला, रावाबेसी, केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकामा पनि झरीले धानबालीमा ब्यापक क्षति पु¥याएको छ ।
साकेला गाउँपालिकामा ८ हेक्टरमा दुई हजार ५६ मेटिकटन, रावाबेसीमा ८ सय ५० हेक्टरमा दुई हजार एक सय ८४ दशमलब ५ मेटिकटन, केपिलासगढीमा सात सय ५० हेक्टरमा एक हजार ९ सय २७ दशमलब ५ मेटिकटन र ऐसेलुखर्क गाउँपालिकामा एक हजार हेक्टरमा दुई हजार पाँच सय ७० मेट्रिकटन धान उत्पादन हुदै आएको छ । १० स्थानीय तह रहेको जिल्लामा करिब २६ हजार मेट्रिकटन धान उत्पादन हुदै आएको कृषि ज्ञान केन्द्र खोटाङले उल्लेख गरेको छ ।