जनमत वाङ्मय प्रतिष्ठान नेपालबाट प्रथम चरणमा सम्मानित हुनुहुने प्रतिभाहरूको घोषणा


काठमाडौं ।

जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएका विभिन्न सम्मानहरू यस वर्ष विभिन्न प्रतिभाहरूलाई दुईपटक गरी यही आउँदो मंसीर २७ र चैत्र २८ गते प्रदान गरिने भएको छ ।

यस वर्ष २०८१ सालको ‘दीपा–जनमत सम्मान’ निर्मोही व्यास (बारा) लाई, ‘गणेश÷ खिलकुमारी दुवाल–जनमत सम्मान’ श्याम तमोट (भोजपुर), ‘केवलपुरे–जनमत सम्मान’ खेमराज निरौला (ताप्लेजुङ), ‘जनमत–महेन्द्रलाल कलाकार सम्मान’ ज्ञानेन्द्र विवश (खोटाङ), ‘कमला सैंजू–जनमत सम्मान’ मोतिशोभा श्रेष्ठ (ललितपुर) र ‘जनमत–राजभाई सहयात्री सम्मान’ कृष्णप्रसाद आचार्य (खोटाङ) लाई प्रदान गरिनेछ ।

यसै गरी ‘भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान’ बाजुराम पौडेल (काठमाडौंं) र ‘जनमत–केदार÷सुदर्शना बालसाहित्य सम्मान’ ज्योति अधिकारी (काठमाडौं) लाई प्रदान गरिनेछ ।
यही आउँदो २०८२ मंसीर २७ गते हुने प्रथम चरणको कार्यक्रममा उल्लिखित सम्मानबाट सम्मानित गरिनेछ । प्रथम चरणको कार्यक्रम काठमाडौंमा हुने प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।