काठमाडौं ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको विशेष टोलीले प्रहरीबाट लुटिएका तीन थान हतियारसहित कैलाली टिकापुरका शिवराज धमलालाई पक्राउ गरेको छ।
अपराध अनुसन्धान कार्यालयका अनुसार धमलालाई काठमाडौं तारकेश्वर नगरपालिका क्षेत्रबाट पक्राउ गरिएको हो। उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको बताइएको छ।
जेन्–जी आन्दोलनका क्रममा लुटिएका हतियार खोजीका क्रममा प्रहरीले धमलाको संलग्नता पत्ता लगाएको प्रारम्भिक जानकारीमा जनाइएको छ।











प्रतिक्रिया